तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउने प्रधानमन्त्रीद्वारा जानकारी

1.44K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उत्तर दिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी अनलाइनबाट हुने नागरिक एपमा राष्ट्रिय परिचयपत्र र चालक अनुमतिपत्रलाई आबद्धताको प्रक्रिया अघि बढेको पनि जानकारी दिए ।