मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको छ : गृहमन्त्री

  • गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको बताएका छन् ।

    शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूला दलको समिकरणबाट निर्माण भएको अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने उल्लेख गरेका हुन् ।

    उनले १८ वर्षदेखि निष्कर्षविहीन रहेको संक्रमणकालिन न्याय सम्बन्धि विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिदा निश्कर्षमा पुग्न सफल भएको स्पष्ट पारे ।

    गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर सहज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताए ।

    सत्ता पक्ष र प्रतिपक्ष दुबै लोकतन्त्रका अपरिहार्य आधार भएकाले विकास, आर्थिक समृद्धि, कानुनको सासन सुनिश्चित गर्नेलगायतका कुराहरुमा सबै संगै मिलेर काम गर्नुपर्नेमा समेत उनले जोड दिए ।

    गृहमन्त्री लेखकले, राजनितिक अस्थिरताले विगतमा केन्द्र र प्रदेश दुबैमा असर परेकाले थलो परेका विकास र निर्माणका कामहरु अब दुई ठूला पार्टी मिलेर बनेको यस सरकारले पूरा गर्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation