अमेरिकामा नेपाली नर्स बेपत्ता भएको तीन सातापछि श्रीमान् पक्राउ,हत्या भएको आशंका

  • अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ । बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर लगेको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन् । भर्जिनियाको स्थानीय अनलाइन पोर्टल इन्साइड नोभा डटकमले लेखेअनुसार प्रहरीले २८ वर्षीया नर्स ममता काफ्लेको हत्या भएको आशंका गरेको छ र शव लुकाएको आशंकामा उनका श्रीमान् नरेशलाई पक्राउ गरेको हो ।
    नरेशले पहिले स्थानीय सञ्चारमाध्यमहरुसँग श्रीमतीसँग आफ्नो कुनै झगडा पनि नभएको भन्दै जहाँ भएपनि आउन अनुरोध गरेका थिए । यद्यपि, उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन् । मोबाइलबाटै सम्बोधन गरेका थिए र आफूले एक वर्षको बच्चाको ख्याल गर्नुपर्ने भएकाले आउन नसकेको बताएका थिए ।
    जानकारहरुका अनुसार, महेन्द्रनगर कञ्चनपुर स्थायी घर भएका भट्टले सन् २०२० मा मात्र विवाह गरेका थिए । दुईबीच पछिल्लो समय सुमधुर सम्बन्ध थिएन । काफ्लेले सम्बन्ध विच्छेद गर्न विभिन्न व्यक्तिहरुसँग परामर्श गरेको समेत खुलेको छ ।
    तर, अन्तिम पटक जुलाई ३१ ९१६ साउन० मा मनसास पार्कमा देखिएकी ममता काफ्ले त्यसयता सम्पर्कविहीन भइन् । श्रीमान् नरेशले खोजीका लागि निवेदन पनि दिएनन् । आफन्त र साथीभाइले चासो देखाएपछि केही दिनपछि प्रहरी आफैं उनको घरमा पुगेको थियो । त्यसपछि बल्ल उनले श्रीमती हराएको भन्दै प्रहरीलाई खोजी गरिदिन अनुरोध गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation