चाडपर्वको समयमा खाद्यान्नको अभाव हुने छैनः मन्त्री भण्डारी

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्व र  अन्य  समयमा खाद्यन्नको अभाव नहुने बताएका छन् ।

    शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै  उनले नयाँ करका दरहरु हेरफेर हुँदा बजारमा मूल्यको प्रभाव परेपनि खाद्यान्न वस्तुको अभाव नहुने बताएका हुन् ।

    उनले भने, ‘चाडपर्वलाई विषेश लक्षित गरेर अहिलेको अत्यावश्यक र दैनिक खाद्य तथा उपभोग्य वस्तुहरुको अभाव हुने छैन् । मूल्य श्रृखंला यतिखेर जुन स्तरमा छ । खासगरी चालु आर्थिक वर्षको बजेटको आसपासमा छ । बजेट आइसकेपछि बजेटका दरमा करहरु सरकारले निर्धारण गर्छ । कर निर्धारण भइसकेपछि त्यसको केही असर बजारमा जान्छ नै त्यसले गर्दा थोरै मूल्य त्यसको दबाबमा पर्नु स्वभाविक हो ।’

    साथै उनले खुला सीमाका कारण नेपाली बजारमा प्रभाव परिरहेको बताए ।  उनले खुला सिमामा निगरानी, अनुगमन र प्रणालीमा सुधार गर्नुपर्ने बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation