तनहुँ बस दुर्घटनामा १६ जनाको मृत्यु, ४१ जनाको दुर्घटना स्थलबाट उद्धार

  • मर्स्याङ्दी बस दुर्घटना अपडेट
  • तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐना पहरामा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार ४१ जनाको दुर्घटना स्थलबाट उद्धार गरिएको छ ।
    भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ बढी यात्रु रहेको जना सवार रहेको बुझिएको छ ।

    प्रजिअ गौतमका अनुसार अझै केही यात्रु बेपत्ता रहेको अनुमान गरिएको छ । उद्धार गरिएका मध्ये १२ जनालाई काठमाडौँ ल्याइएको छ भने जना स्थानीय अस्पतालमा उपचाररत छन् । एक जनाको भरपुर अस्पतालमा उपचार भइरहेको छ । ७ जना घटनास्थलबाट निकालिए पनि सम्बन्धित ठाउँमा ल्याउन बाँकी छ ।
    केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौँ ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation