विष्णु माझीले ल्याइन् तीज गीत ‘आइन आमा यो तीजमा’ (भिडियोसहित)

  • नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकै आइसकेको छ । तीज नजिकिएसंगै बजारमा गीतहरु आउनेक्रम जारी छ र चहलपहल पनि बढिरहेको छ । विशेषगरी तीज पर्वमा महिलाहरु नाच्नेगाउने र लगाउनेमा बढि केन्द्रित रहन्छन् तर पछिल्लो समय तीजका गीतहरु सबै जम्मा भएर नाच्नेगाउने खालका आउन छाडेका छन् ।

    घरपरिवार एकठाउँमा जम्मा भएर सुन्न मिल्नेसम्मका पनि गीतहरु आउन छाडेका छन् । तीजमा सबै कलाकारले गीत बजारमा ल्याउने गर्छन् तर विष्णु माझीको गीत बजारमा नआएसम्म तीज आएको जस्तो हुँदैन भन्नेहरु पनि धेरै छन् । विष्णु माझीले हरेक वर्ष तीजको छेकोमा गीत ल्याउने गर्छिन् । यसवर्षको विष्णुको गीत भदौ ८ गते शनिवार सार्वजनिक भएको छ ।

    लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझीले ‘आइन आमा यो तीजमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।

    शनिबार बिहान सपना म्युजिक नामक युटुब च्यानल मार्फत भिडियोसहित गीत सार्वजनिक भएको हो ।

    गायिका माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको छ ।

    गीतमा वर्षमा एकपटक आउने तीजमा समेत माइत जान नपाएकी चेलीको पीडा र व्यथालाई मूख्य कथा बनाइएको छ भने ललिता पौडेलको अभिनय रहेको छ ।

    शम्भु चालिसेले खिचेको भिडिओ प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडिओमा मौसम हिमालीको कोरियोग्राफी छ भने निर्माण तथा निर्देशन अधिकारी स्वयम्‌ले गरेका हुन् ।

    (भिडियो)

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation