बायर लेभरकुसेनको विजयी सुरुआत

  • जर्मन बुन्डेस लिगा फुटबलमा बायर लेभरकुसेनले विजयी सुरुआत गरेको छ ।

    शुक्रबारबाट सुरु भएको नयाँ सिजनको पहिलो खेलमा लिभरकुसेनले बोरुसिया मुन्चेलवागलाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो खेलमै ३ अंक लिन सफल भएको हो ।

    बोरिुसयाको मैदानमा पाहुना टोली बायरले १२ औं मिनेटमा अग्रता लिएको थियो । बायरका ग्रनाइट जाकाले गोल गर्दै अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा फ्लोरेन्ट विट्जले गोल गरेपछि बायरले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

    पहिलो हाफमा २ गोलले पछि परेको बोरुसियाले दोस्रो हाफमा कमब्याक गर्न सफल भयो । तर अन्तिम समयमा धैयता गुमाउन पुगेको थियो ।

    ५९ औं मिनेटमा निको एलभेडीले गोल गर्दै बोरिुसयालाई २–१ अवस्थामा ल्याएका थिए । ८५ औं मिनेटमा टिम केलनडेनेस्टले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो ।

    दोस्रो हाफको अतिरिक्त ११ औं मिनेटमा फ्लोरिन विट्जले व्यक्तिगत दोस्रो गोल गर्दा बायर लेभरकुसेन अन्ततः ३–२ को जित निकाल्न सफल भयो । फ्लोरेन्टले प्रहार गरेको पेनाल्टी रिबाउन्ड भएर आउँदा गोलमा परिणत गरेका थिए ।

    ०००

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation