बस दुर्घटनाबारे गृह मन्त्रालयमा ब्रिफिङ

  • गृह मन्त्रालयले मर्स्याङ्दी भएको बस दुर्घटनाको बारेमा भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ ।

    शनिबार गृह मन्त्रालयमा दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे राज्यमन्त्रीलाई जानकारी गराइएको हो ।

    सोही क्रममा गृहमन्त्री रमेश लेखकले घाइतेहरूको उपचार उचित तरिकाले भइरहेको बताएका छन् ।

    उनले भने, ‘भारतबाट आएका पर्यटकहरुको दुर्घटनामा पर्नुभयो । दुर्घटनामा पर्नेहरु भारतका युवा तथा खेलकुद राज्यमन्त्री खड्सेको निर्वाचन क्षेत्रका रहेछन् । उद्धार र उपचारका लागि गरिएको प्रयासको प्रशंसा गर्नुभयो ।’

    शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

    सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation