
प्रधानमन्त्री केपी शर्मा ओलीले तिज जस्ता चाडहरुले नेपाली समाजलाई एक सूत्रमा बाध्ने काम गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित बृहत तिज विशेष कार्यक्रममा उनले आउँदै गरेको तिजको शुभकामना दिँदै यस्ता चाडहरुले नेपाली समाजमा थुप्रै सामाजिक महत्व बोकेको बताए ।
उनले भने, ‘सबैलाई तिजको शुभकामना दिन चहान्छु । यो सामाजिक उत्तरदायित्व पनि बोकेर आएको चाड हो । यस्ता चाडहरुको नेपाली समाजमा थुप्रै सामाजिक महत्वहरु छन् । यस्ता चाडहरुले साच्चै नेपाली समाजलाई एक सूत्रमा बाध्ने काम गरेको छ । नेपाल यस्तै साभ्यताको देश हो ।’
यस्तै, उनले यस्ता चाडहरुले मानिसको जीवनमा उर्जा, प्रेरणा र हौसला पैदा गर्ने भन्दै यसको संरक्षण गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली समाजमा अस्लिलता फैलाउन खाजेपनि नेपाली समाज त्यस्तो बाटोमा जाने समाज होईन् । यस्ता चाडहरुले मानिसमा एउटा जीवनको उर्जा, प्रेरणा र हौसला पनि पैदा गर्छ । हामीले हाम्रो देशलाई, समाजलाई माया गर्नुपर्छ ।’