एमाले केन्द्रीय कार्यालयको बैठक आइतबार बस्ने

  • नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक आइतबार बोलाएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बोलाइएको छ ।
    महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयले सचिवालय बैठकका लागि एजेण्डा तय गर्नेछ । ‘केही दिनपछि सचिवालय बैठक बस्दैछ, सचिवालयका लागि एजेण्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बोलाइएको हो’, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले भने ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation