सुनचाँदीको मूल्य बढ्यो
वि.सं.२०८१ भदौ ९ आइतवार ०५:२२
1.55K
shares
shares
xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506
साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक हजार रूपैयाँले बढेको हो ।
शुक्रबार १ लाख ५१ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार तोलामा १ हजार ८ सय १५ रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ८ सय ५० रूपैयाँमा कारोवार भैइरहेको छ।













