कृषि मन्त्रालयले ६० करोड सहुलियत रकम डीडीसीलाई उपलब्ध गराउदै

936
shares

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी)लाई थप ६० करोड रुपैयाँ सहुलियत रकम उपलब्ध गराउने भएको छ ।

आइतबार  पत्रकारसँग कुराकानी गर्दै मन्त्री रामनाथ अधिकारीले किसानको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने बताएका हुन् ।

 लगभग १ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र त्याे  रकम दसैँसम्म किसानलाई भुक्तानी गर्ने मन्त्री अधिकारीले जानाकारी दिए ।

उनले किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको  बताए । डीडीसीले २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ ।