वैदेशिक रोजगार विभागले इजाजतपत्र नवीकरणका लागि बाेलायाे

  • वैदेशिक रोजगार विभागले १०० भन्दा कम कामदार विदेश पठाउने म्यानपावरलाई इजाजतपत्र नवीकरणका लागि बोलाएको छ । साउन ३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २०७९-८० र २०८-८१ मा वार्षिक रुपमा न्यूनतम् १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) को आर्थिक वर्ष २०८१-८२ को लागि नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको थियो ।
    सोही अनुसार अनुसार आर्थिक वर्ष २०८१-०८२ का लागि इजाजतपत्र नवीकरण लागि विभागले म्यानपावर कम्पनीलाइ बोलाएको हो । विभागले सूचना अघि नै आवेदन दिइसकेका संस्थाहरूले भने पुनः आवेदन दिनु नपर्ने विभागले जनाएको छ । यो वर्ष ३१७ वटा म्यानपावर कम्पनी खारेजी सूचीमा परेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation