यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • नेपाल राष्ट्र बैंकले आजको  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।

    अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४९ रुपैयाँ ८९ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ९६ पैसा र बिक्री दर १७७ रुपैयाँ ७५ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको छ ।

    मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation