ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

  • ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

    उनि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आउन लागेका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ ।

    साथै भ्रमणको क्रममा दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा भेटवार्ता तथा छलफल हुनेछ । उनि भोलि मङ्गलबार स्वदेश फर्किने कार्यतालिका छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation