देउवाले किन बोलाए आकस्मिक बैठक ?

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीको बैठक बोलाएका छन् । देउवाले भोलि (मंगलबार) बिहान ११ बजे आफ्नो निवास बूढानीलकण्ठमा पाँच पदाधिकारी मात्र बस्ने गरी बैठक बोलाएका हुन् ।
    दुई÷दुई उपसभापति र महामन्त्रीलाई मात्र बैठकमा डाकिएको कांग्रेसका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
    गएको फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको कांग्रेस महासमिति बैठकबाट पारित प्रतिवेदन अझै केन्द्रीय समितिले अनुमोदन गरेको छैन । सोही प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल गर्न लागिएको हो ।
    ०८२ भित्रै महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाका दुई प्रस्तावप्रति कांग्रेसको संस्थापन पक्षले आपत्ति जनाएको छ । महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय समितिको रहेको र चुनावी गठबन्धन गर्ने/नगर्ने विषय नीतिगत नभएर रणनीति भएकाले त्यसलाई प्रतिवेदनमा÷दस्तावेजमा राख्न नमिल्ने देउवा पक्षको तर्क छ ।
    महामन्त्री थापाले भने आफूले अघि सारेका विषय पार्टीको तल्लो तहको धारणा भएको भन्दै महासमितिबाट पारित गरिसकेपछि सच्याउन नमिल्ने अडान राख्दै आएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation