हेटौंडाको होटलमा महिलाको शव फेला

  • मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित रत्न एण्ड लज होटलमा एक महिलाको शव फेला परेको छ  । मृतक महिलाको उमेर २५ देखि ३० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।

    स्थानीयवासीले बताए अनुसार सोमबार बिहान करिब ८ बजे घटनाबारे जानकारी पाइएको थियो । आइतबार बेलुकी ५ बजेतिर एक पुरुष र महिला उक्त होटलमा प्रवेश गरेको देखिएको थियो ।

    घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोली घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation