राष्ट्रपति पौडेलले गरे पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना

1.34K
shares

राष्ट्रपति रामचन्द्र पौडेलले धर्मपत्नी तथा प्रथम महिला सविता पौडेलसँगै श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र प्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेल पाटन कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले स्वागत गरेका थिए ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी सोमबार देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन् ।