ओमनका विदेशमन्त्री अदेल्बुसैदी नेपालमा

1.24K
shares

ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् ।सोमबार उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार ओमनका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ ।

साथै, भ्रमणको क्रममा दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा भेटवार्ता तथा छलफल हुनेछ । उनि भोलि मङ्गलबार स्वदेश फर्किने कार्यतालिका छ ।