फिल्मीक्षेत्रमा तहल्का : वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक

  • अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

    यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्, जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन् ।

    पोस्टर सार्वजनिक गर्दै बिमलेशले लेखेका छन्, ‘नमस्कार, हाम्रो वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक प्रस्तुत गर्दैछु । यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुनेछ । यस पवित्र दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा, हामी सृजनशीलता र संस्कृतिको उत्सव मनाउँदै छौँ ।  यो सपना साकार गर्न सहयोग पु¥याउने सबैलाई हार्दिक धन्यवाद । आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ ।’

    यस सिरिजबाट नेपाली चलचित्रकी एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन् ।

    यसमा अरुणिमासहित बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहनेछ ।

    ‘घर बट इन अमेरिका’ सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा नै भइरहेको छ ।

    सिचुएशनल कमेडी–ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंको लेखेका छन् । सिरिजमा गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरका घटनाहरूलाई प्रस्तुत गरिएको छ ।

    ०००

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation