साफ यु–२० च्याम्पियनसिप : समिर तामाङले बंगलादेशविरुद्ध फर्काए गोल
वि.सं.२०८१ भदौ १२ बुधवार १०:४६
663
shares
shares

साफ यू–२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको ८१ औं मिनेटमा समिर तामाङले गोल गरेका हुन् । खेल सकिन केही मिनेट मात्र बाँकी हुँदा बंगलादेश दुई गोलले अगाडि छ ।
यससँगै खेल ३–१ मा चलिरहेको छ । बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी टाइममा पहिलो गोल गरेको थियो ।बंगलादेशले खेलको ५४ र ७१ औं मिनेटमा गोल गर्यो ।











