फेरि भयाे बस दुर्घटना : दुई जनाको मृत्यु, २५ जना घाइते

  • बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्ज जाँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    आज बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो ।

    घाइतेहरुमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । मृतकको नाम भने खुलिसकेको छैन । बस अत्याधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको स्थानीयलाई उदृढ गर्दै प्रहरीले जानकारी दिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation