‘पर्यटन व्यवसाय विना देशको विकास असम्भव’

  • नेपाल उद्योग व्यवसायी महासंघका महासचिव भगीरथ सापकोटाले पर्यटन व्यवसायको विकासबिना देशको विकास सम्भव नरहेको बताएका छन् ।

    टुरिष्ट बस एसोसिएसन अफ नेपालको बिहीबार १३औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन समारोहलाई सम्बोधन गर्दै महासचिव सापकोटाले नेपालको सन्दर्भमा रोजगार सिर्जना, आर्थिक समृद्धि र सांस्कृतिक आदानप्रदानका लागि पर्यटन व्यवसाय उत्कृष्ट व्यवसाय भएको बताए ।

    उनल भने, ‘इतिहासले नेपालको लागि सबैभन्दा महत्वपुर्ण क्षेत्र पर्यटन व्यवसाय हो भन्ने बताउँछ । इतिहास लेख्नेदेखि भविष्यवाणाी गर्नेहरु सबैले त्यही बताउँछन् । रोजगार सिर्जना, आर्थिक समृद्धि, संस्कृति आदानप्रदान लगायतका हिसाबले पनि पर्यटन व्यवसाय नेपालको लागि एक उत्कृष्ट व्यवसाय हो । यसो भनिरहँदा समस्या नभएका होइनन् ।संसारमा भइरहेका परिवर्तनलाई छिटो लिन्छौं । अर्थतन्त्रमा ठूलो परिवर्तन भएको छ ।’

    राज्यका अन्य सेवा क्षेत्रहरुको तुलनामा पर्यटन व्यवसाय सरकारको कम प्राथमिकतामा परेको भन्दै महासचिव सापकोटाले यसका लागि राज्यलाई बुझाउन आवश्यक रहेको बताए ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation