जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरको योगेश भट्टराईकाे आरोप

910
shares

नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर जस्तो हिंसात्मक गतिविधि गरेका आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सचिव भट्टराई आफैं हिंसा गर्ने नाइके भएर जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी भएको बताए ।

उनले भने, ‘२००७ साल, २०२८ सालको विद्रोह, ०५२ सालको सशस्त्र जनयुद्ध सबै एकात्मक शासन प्रणालीविरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज हुन् । जो जनमुक्ति र वर्गमुक्तिको संघर्षको बिगुल फुक्ने आँट प्रचण्डसहित सबै नेताहरुमा सम्मान छ । तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी हो ।’