सावधान : यसरी हुनसक्छ फेसबुक ह्याक
वि.सं.२०८१ भदौ १३ बिहीवार १३:४९
shares

आजभोलि सामाजिक संजालको प्रयोगसँगै यसलाई दुरुपयोग गरी अपराधिक कार्य गर्ने तथा ठगी गर्नेहरुको बिगबिगी नै छ । नेपाल प्रहरी, साइबर ब्यूरोका अनुसार पछिल्लो समय सामाजिक संजालबाट पीडित भएको भन्दै उजुरी गर्न आउनेहरूको भीड नै लाग्ने गरेको हाे ।
कतिले ब्लाकमेलिङ गर्ने माध्यमका रुपमा सामाजिक संजाललाई प्रयोग गरेका छन् भने कतिले आफ्नो भावना संम्प्रेषण गर्ने माध्यमका रुपमा विकसित भएको छ । सामाजिक संजाल आजभोलि धेरैका लागि सूचनाको प्रमुख माध्यम बनेको छ । तर, सामाजिक संजालमा आएका सबै कुरा विश्वसनीय भने छैन ।
यसलाई रोकथाम गर्न सम्बन्धित निकाय पूर्ण रुपमा चुकेको देखिन्छ । यसलाई नियमन गर्न झन्झट र समस्याका रुपमा लिएर प्रचण्ड सरकारले यो समयको लोकप्रिय एप टिकटिक नेपालमा प्रयोग गर्न बन्देज गरेको थियो । तर पनि भिपिएन र डिएनएस जस्ता प्रतिबन्धित एपहरुको प्रयोग गरी धेरै प्रयोगकर्ताले टिकटक चलाएका पाइन्थ्यो ।
यस्तै,सामाजिक सञ्जालमध्ये नेपालमा बढी प्रयोग भएको फेसबुकको सर्ट भिडियो प्लेटफर्म रिल्स मार्फत टिकटकमा जस्तै सामाजिक रुपमा आँच आउने क्रम भने निरन्तर नै देखिने गरेको छ। यो त रह्यो प्रयोगकर्ता स्वयमले अपलोड गरी समाजमा पर्ने नकारात्मक कुरा । तर यस्ता सामाजिक संजालहरुले समाजमा विकृति मात्रै हैन, व्यक्तिको जीवन मरणसम्मको अवस्था सृजना गरिरहेको घटनाहरु सुन्न पाइन्छ ।
त्यस्तै, विभिन्न उपाय लगाएर कुनै व्यक्तिको फेसबुक ह्याक गर्ने र ह्याक गरिसकेपछि ती अकाउन्टबाट नजिकका साथीहरुसँग पैसा माग्ने क्रम पछिल्लो समय बढ्दो रहेको नेपाल प्रहरी, साइबर ब्युरोका प्रवक्ता दीपक भारतीले बताउँछन् ।
ह्याकरहरुले विभिन्न किसिमका लिंकहरु पठाएर फेसबुक ह्याक गर्ने, ह्याक गर्न त्यस्ता व्यक्तिहरुलाई प्रभाव पार्ने खालका विभिन्न प्रलोभनमा पार्ने खालका लिंकहरु छुनासाथ खोली हाल्ने खालका सामग्रीहरु उनीहरुले पठाउने गरेकाे ब्यूरोका अधिकारीहरु बताउछन्।
भारतीले भने, ‘ कतिपय लिंकहरु खोलिहाल्दा पनि अकाउन्ट तुरुन्तै ह्याकरको नियन्त्रणमा जानेसम्मका हुन्छन् । ती एकाउन्टहरु फिर्ता ल्याउन नसकिने र पहुँचबाट सदाका लागि हाम्रो नियन्त्रणभन्दा बाहिर जान्छ । त्यस्ता लिंकहरु कसरी तयार गरिएका हुन्छन् भन्ने कुराले पनि ह्याक गर्न उनीहरुलाई के के चाहिन्छ भन्ने थाहा हुन्छ । कतिपय अवस्थामा लिंक खोलेर मात्र पुग्दैन, कोड पनि चाहिन्छ’।












