ओली र देउवाविरूद्ध नाराबाजी गर्ने युवाबारे गृहमन्त्रीको आयाे कडा प्रतिक्रिया

1.65K
shares

गृहमन्त्री रमेश लेखकले गृह प्रशासन, शान्ति सुरक्षासँग सम्बन्धित कानूनी व्यवस्था कायम गर्नका लागि सम्बन्धित अत्यावश्यक कानूनहरु बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका भएको बताएका छन्।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित भएको कार्यक्रममा भएको घटनालाई आफूले गम्भीर रूपले लिएको बताए।

उनले भने, ‘आआफ्नो मञ्च र सडकमा उभिएर जतिसुकै विरोध गर्न पाइन्छ। तर, विरोध गर्न अर्काको भावनालाई पनि ख्याल गरिदिनुपर्छ, अब कुरा कानून बमोजिम हुन्छ, कानूनभन्दा बाहिर हुँदैन। कुनै खालको स्तन्त्रतालाई अबरुद्ध गर्ने काम हामीबाट हुँदैन। सांस्कृतिक कार्यक्रम जुन कुनै राजनीतिसँग सम्बन्धित छैन। सांस्कृतिक कार्यक्रममा गएर राजनीतिक ढङ्गले नाराबाजी गर्ने कुरा हाम्रो संस्कृति र सभ्यतासँग मेल खान्छरु ठिक हुन्छ ?’

गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको थियो। नाराबाजी गर्ने केहीलाई अहिले प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।