लागुऔषधसहित २ जना युवक पक्राउ
वि.सं.२०८१ भदौ १५ शनिवार ०६:३८
1.87K
shares
shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100
ललितपुरबाट लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन्। प्रहरीले मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङलाई ललिपुर महानगरपालिका(२५ नख्खुबाट पक्राउ गरेको हो।
भैसेपाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल ६६ प्रयोग भएका तथा नभएका सिरिन्जहरू बरामद गरेको छ।
उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु प्रयोगकर्ताका साथै बिक्रेतासमेत रहेको प्रहरीको दाबी छ।













