भक्तपुरमा पञ्चदान पर्व मनाइयाे

1.12K
shares

भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। आजा (शनिबार) दीपङ्कर बुद्धहरूलाई बिहारबाट निकालेर नगरको विभिन्न भागमा परिक्रमा गराएर पञ्चदान पर्व मनाइएको हो।

पञ्चदान पर्वमा दीपङ्कर बुद्धको मूर्ति भित्र एकजना मान्छे बसेर बुद्धको मास्क लगाएर भक्तपुर परिक्रमा गराइन्छ। पञ्चदान पाँच ग्रीष्म उपहारहरूको पर्व हो।

यस पर्वमा दैनिक जीवनका लागि आवश्यक पर्ने चामलको दाना, नुन, पैसा र दाल लगायत पाँचवटा विभिन्न वस्तुहरू दान गरिन्छ। आजकल,आफ्नो इच्छा र क्षमताअनुसार मानिसहरूले यो बाहेक अन्य चीजहरू पनि दान गर्ने गरेका छन्।