रातो र चन्द्रसूर्य र नेपाली झण्डाले बनायो अमृत गुरुङलाई भावुक
वि.सं.२०८१ भदौ १६ आइतवार १२:३६
1.52K
shares
shares

हजारौं दर्शक माझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्न पुगे । धुन बज्दा बज्दैको क्षण उनले बीचैमा दुवै हात उचाले र अनुरोध गरे, ‘संसारभर फैलिएर रहेका नेपाली भाषीहरू एक भएर बसौँ है ।’ प्रतिउत्तरमा टनाटन भरिएको ‘टर्मिनल फाइभ’ हलै थर्कमान हुनेगरी दर्शकले समर्थन जनाए ।
अमृतको यो आह्वानसँगै अमेरिकाको शृंखलाबद्ध कन्सर्टमध्ये पाँचौँ आयोजना पनि न्यूयोर्कमा उत्तिकै भव्यताका साथ सम्पन्न भएको छ ।













