प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा

1.08K
shares

प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा आइतबारदेखि ‘पिपुल्स लाइब्रेरी’ सञ्चालनमा आएको हो ।

उक्त लाइब्रेरीमा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले केही समय अघि सार्वजनिक आव्हान गरेकी थिइन् । आव्हानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ ।

प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षको संरचना भए पनि पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन ।
पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिँदै  पहिला ज्ञानको बैँकका रुपमा  पुस्तक रहने  उल्लेख गरे ।

पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने तत्कालीन राजा गृवाणयुद्धविक्रम शाहको स्मरण गर्दै उनले पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।