किन मन पराएनन् वन मन्त्रालय : दीपक मनाङ्गेले दिए राजीनामा

1.2K
shares

आज विस्तार भएको गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्री दीपक मनाङेले मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् ।
यस अघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका मनाङ्गेले वन मन्त्रालय किन मन पराएनन् भन्ने चासो को विषय रहेको छ ।

अहिले भौतिक पूर्वाधार एमालेलाई दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमण्डलको विस्तार गरेका थिए । वन मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्ट मनाङेले राजीनामा दिने चेतावनी दिएका छन् ।

गण्डकीमा सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएर मुख्यमन्त्री जोगाइदिएका फणीन्द्र देवकोटा र मनाङेलाई मन्त्रीमा यथावत् गरिएको थियो तर एमाले सरकारमा सहभागी भएसँगै मनाङेको मन्त्रालयको सारिएको हो ।

कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङे रिसाएका हुन् । उनी मन्त्रालयबारे छलफल गर्न मुख्यमन्त्री कार्यालयतर्फ लागेका थिए र राजीनामा बुझाएका छन् । उनले भने अब मेराे भाइलाइ मन्त्री बनाउनू ।