बालेनसँग वडाध्यक्षको गुनासो : नगर प्रहरीले डकैती शैलीमा फाइल उठायो

1.18K
shares

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा नगर प्रहरीको भूमिकाले विवाद सिर्जना भएको छ ।

२२ नम्बर वडाका अध्यक्ष चिनकाजी महर्जनले शुक्रबार काठमाडौं प्लाजामा भएको ३२औं नगर कार्यपालिका बैठकको एजेन्डा राख्नु अगाडि नै आफ्नो वडाबाट ‘डकैती शैली’ मा फाइल उठाएको भन्दै प्रश्न उठाएका थिए ।

‘जानकारी बेगर नै ६–७ बोरामा फाइलहरु लिएर गयो ? यो कुन आधारमा लगिएको हो रु एउटा सेवाग्राहीले आफ्नै फाइनल लिन त निवेदन हाल्नुपर्छ तर यो कुन शैली हो ?,’ वडाध्यक्ष महर्जनले प्रश्न गरे, ‘यो कसले लग्यो रु कसको फाइल लग्यो  ? कसको आदेशमा भएको हो ?’

उनले यो २२ नम्बर वडामा मात्रै भएको हो कि अन्य वडामा पनि भएको हो भन्ने प्रश्न गरे ।