संसदीय समितिमा परराष्ट्रमन्त्रीले भनिन् : ‘भारत भ्रमणमा ईपीजी सम्बन्धी कुरा उठेन’

1.48K
shares

परराष्ट्रमन्त्री आरजु देउवा राणाले आफ्नो भारत भ्रमणमा ईपीजीको विषयमा कुराकानी नभएको स्वीकार गरेकी छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री देउवाले हालै भएको भारत भ्रमणबारे जानकारी गराएकी थिइन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी थिइन् ।

भारतीय पक्षसँग भएको भेटमा दुई देशका संयन्त्रहरुलाई सक्रिय बनाउने विषयमा कुराकानी भएको मन्त्री देउवाले जानकारी दिइन् ।

पञ्चेश्वर परियोजना, एयर रुटबारे कुराकानी भएको भन्दै उनले भनिन्, ‘बाउन्ड्री वर्किङ ग्रुपको कुरा भएको छ । उहाँहरुले हुन्छ भन्ने कुरा राख्नु भएको छ । तर यस्तै गर्ने भन्ने भएको छैन ।’