प्रचण्ड, बाबुराम र वैद्यले जनयुद्धका घाइते, अपाङ्गको जिम्मेवारी लिनुपर्छ : सांसद गंगानारायण श्रेष्ठ

माओवादीका नेताद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार) प्रति श्रद्धाञ्जलि

1.64K
shares

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सभाका सांसद गंगानारायण श्रेष्ठले जनयुद्धको क्रमममा घाइते तथा अपांगता भएका व्यक्तिहरुको जिम्मेवारी तत्कालीन नेतृत्वले लिनु पर्छ पर्दैन भनेर प्रश्न गरेका छन् ।

बिहीबार जनयुद्धका क्रममा २०६१ भाद्र २० गते सिहराको धन्छबारमा सहादत प्राप्त गरेका माओवादीका नेताद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार) प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले तत्कालीन नेताहरुलाई प्रश्न गरेका हुन् ।

उनले जनयुद्धको क्रममा घाइते, अपांगता भएका हजारौं योद्धाहरूले उपचार नपाएर शारीरिक र मानसिक पीडा भोगिरहेका बताए । शहीद र वेपत्ता परिवारका सदस्यहरू न्यूनतम जीविकोपार्जनको व्यवस्था नहुँदा विदेश पलायन हुनु परिरहेको भन्दै उनले देश र जनताका लागि जीवन आहुति दिने सहिदहरूको पनि यथोचित सम्मान हुन नसकेको बताए ।

सांसद श्रेष्ठले तत्कालीन माओवादीका नेतृत्व तहका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य (किरण) र डा. बाबुराम भट्टराईलाई सम्बोधन गर्दै सबै समस्याहरुको जिम्मा लिनु पर्छ कि पर्दैन भनेर प्रश्न गरेका छन् । उनले एकजुट भएर प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्तिका लागि लड्ने कि आफू-आफू लडेर बस्ने ? भनेर अर्को प्रश्न नेताहरुलाई तेस्र्याएका छन् ।