कानुन कडा भएतापनि पालना नभएकाे पूर्वअर्थमन्त्री पुनकाे गुनासाे

897
shares

पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समयमा कानुन कडा भएतापनि त्यसको पालना भने घट्दै गएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिमा भएको बैङ्किक कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा भाग लिँदै उनले कानून बनाउदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य नै बनाउनुपर्ने बताए ।

उनले भने,‘कानुन एकदम कडा छ तर त्यसलाई परिपालना एकदमै घटेर गएको छ । त्यसैले कानून बनाउँदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य बनाउनुपर्छ । एकदमै गम्भीर प्रकारकामा त कम्प्रोमाइज गर्नुहुँदैन् ।’

उनले सरकारको समन्वयमा राष्ट्र बैंक आफैंले कार्यविधि बनाउनुपर्ने धारणा राखे । राष्ट्र बैंकको गर्भनर र सरकारले नै विश्वास गरेको टिम भएको हुँदा सरकारको परामर्श भन्दा बाहिर नगई राष्ट्र बैंक आफैंले कार्यविधि बनाउनु पर्ने बताएका हुन् ।

उनले भने,‘चेकसँग सम्बन्धित कानुन हो । सरकारले पनि थाहा पाउनुपर्छ समन्वय गर्नुपर्छ । तर राष्ट्र बैंकले कार्यविधि आफै बनाउनु पर्छ । राष्ट्र बैंकको गर्भनर र त्यहाँको टिम भनेको सरकारले नै विश्वास गरेको टिम हो ।’