एक हजारभन्दा बढी कैदीको सजाय मिनाहा हुँदै (हेर्नुहाेस् सूची)

असोज ३ गते संविधान दिवसका दिन छुट्ने

1.7K
shares

सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ । असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरूलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो ।

कारागार व्यवस्थापन विभागले असार ९ गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली निकालेको थियो । उनीहरू छुटेका छैनन् । विभागले मंगलबार फेरि ४९२ जनाको नामावलीसहित ७ दिने सूचना निकालेको छ । सजाय मिनाहा गर्न लागिएका उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ ।

सूची हेर्नका लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस्

स्वागतम् | कारागार व्यवस्थापन विभाग (dopm.gov.np)