बालेन साहकाे स्टाटस फिर्ता गर्याे फेसबुकले
वि.सं.२०८१ भदौ २१ शुक्रवार ११:२६
1.6K
shares
shares

स्टाटसलाई फेसबुकले कम्युनिटी गाइडलाइन उल्लंघन भएकाले तीन दिनअघि हटाएको थियो । यद्यपि फेसबुकले आधिकारिक रुपमा केही उल्लेख गरेको भने थिएन ।
साहले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध रोष प्रकट गरेका थिए । त्यसपछि साहका केही निकटस्थ र समर्थकले प्रधानमन्त्री ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका थिए ।
सरकारले भने त्यो पोस्ट आफूले नहटाएको, बरु साह आफैंले हटाएको बताउँदै आएको थियो । ओली र साह दुवैले यसबारे औपचारिक रुपमा केही नभने पनि एमाले पार्टी पंक्ति र साहका समर्थकबीच फेसबुकमा आरोप प्रत्यारोप नै चलेको थियो ।













