जन्मदर घट्दा दक्षिण कोरिया चिन्तित्

1.11K
shares

दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ ।  यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू  असफल भैरहेकाे छ  ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गरेतापनि   सफलता हात पार्न नसकेकाे हाे ।

२०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रति हजार जनसंख्या ०.७५ रहेको थियो । जुन विश्वभरिका सबैभन्दा कम जन्मदरमध्ये एक हो ।यस वर्षको पहिलो त्रैमासिकमा पनि जन्मदर अझै बढ्न नसकेको रिपोर्ट सार्वजनिक भएको छ ।

दक्षिण कोरियामा लामो समयदेखि चलिरहेको समस्या कम जन्मदर हो ।  जसले जनसांख्यिकीय र सामाजिक चुनौतीहरू सिर्जना गरेको छ ।

दक्षिण कोरियाकै केन्द्रीय बैंकको तथ्याङ्कले ३० वर्षभन्दा माथिका व्यक्तिहरूको बचत दरमा पनि घटबढ देखाएको छ । पाँच वर्षअघि २९.४ प्रतिशत रहेको बचत दर हाल पहिलो त्रैमासिकमा २८.५ प्रतिशतमा झरेको छ । यसले आर्थिक पाटोमा पनि भविष्यमा समस्या ल्याउने आंकलन गरिएको छ ।

कोरियामा २०–३० वर्ष उमेर समूहका युवा युवतीहरूले हालका वर्षहरूमा डिपार्टमेन्ट स्टोर र ठूला होटेलहरूमा अत्यधिक खर्च गरेका छन् । ३ वर्षको अवधिमा उनीहरूको यात्रा खर्च  ३३.३ प्रतिशतबाट बढेर ४०.१ प्रतिशत पुगेको छ तर, यो तथ्यले जन्मदरलाई सुधार्न पर्याप्त योगदान पुर्याउन सकेको छैन ।

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो ।  युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको देखिन्छ ।

सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मदा आमालाई २० लाख कोरियाली वन (एक हजार ५१० अमेरिकी डलर) दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात लाख वन (५२८ अमेरिकी डलर) दिने गरिएको छ । दुई वर्षसम्म प्रत्येक महिना तीन लाख ५० हजार वन अर्थात् २६४ अमेरिकी डलर दिने गरिन्छ ।

यस्तै, प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना १५१ अमेरिकी डलर दिने गरिन्छ । गरिब परिवारलाई थप रकम उपलब्ध गराउने नीति नै लिइएको छ ।