प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्नः जनयुद्ध महान थियो भने किन त्यो बाटो छाडेको ?

1.95K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन्। २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै जनयुद्ध महान थियो भने किन त्यो बाटो छाडेको भन्दै प्रश्न गरे।

उनले भने, ‘देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपर्यो। त्यसलाई केही मान्छेहरुले महिमामण्डन गरेको सुन्छु। त्यस्तो महान थियो भने किन छोड्या त त्यो बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रियामा रु महान जनयुद्ध नै थियो भने त सफल पार्नुपर्थ्यो । जनयुद्ध हो भने त्यो फेल हुँदैन। जनआन्दोलन हो भनेपनि फेल हुँदैन।’

जनताको नाममा एक मुठ्ठी मान्छेले आफ्नो रहर निर्देशित, प्रायोजित अरु प्रकारका रहरहरु लाद्न खोजियो भने त्यसलाई अस्वीकार गर्नुपर्ने बताए।