धनगढीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

1.21K
shares

धनगढीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका -३ विशालनगरमा अवस्थित नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन् ।

तालमा डुबेका पुरुषको शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ  ।