ससुराली हिंडेका युवालाई खोलाले बगायाे : खाेजी जारी
वि.सं.२०८१ भदौ २२ शनिवार १०:३०
1.34K
shares
shares

मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बकैया खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । रौतहट जिल्लास्थित पौराई गाउँपालिका–२ घर भएको २८ वर्षीय अकल माझी ससुराली जाने क्रममा खोला तर्दा बगाएको प्रहरीले जनाएको छ ।
मकवानपुर बकैया गाउँपालिका–६, जसपालस्थित फास्ट ट्रयाकमा काम गर्दै आएका माझी शुक्रबार दिउँसो २ बजे ससुराली हिँडेका थिए ।
उनी बकैया–६ जुइनामा जानलाई बकैया खोला तर्ने क्रममा बाढीले बगाएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।
उनका अनुसार माझीको खोजी कार्य भइरहेको छ ।












