‘विवाह र ‘सरोगेसी मदर’का नाममा मानव बेचबिखन बढेको छ’
सुनिता दनुवार, संस्थापक अध्यक्ष, सुनिता फाउन्डेन
वि.सं.२०८१ भदौ २३ आइतवार ०५:०४
shares

सुनिता दनुवार मानव बेचविखनविरुद्ध क्रियाशील चर्चित अभियन्ता हुन् ।
कुनै समय देहव्यापारका लागि भारतको कोठीमा बेचिएकी उनी महाराष्ट्रबाट उद्धार भएपछि मानव बेचविखनविरुद्धको अभियानमा शसक्त रुपमा लागिपरेकी छिन् । अभियानमा निरन्तरको क्रियाशीलताले उनलाई विश्वका चर्चित अवार्डहरु पनि दिलाएको छ । विभिन्न समयमा सम्मानित पनि भएकी छिन्
सन् २०१४ मा स्विडेनमा ‘सिटेन अवार्ड’, सोही वर्ष ‘एसिया डेमोक्रेटिभ एण्ड ह्युमन राइट्स अवार्ड’, २०१५ मा ‘वर्ल्ड ओमन एचिभमेन्ट अवार्ड र २०१८ मा ‘हिरो’ अवार्डबाट सम्मानित भइसकेकी छिन् ।
उनीकाे विषयमा अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीको ३६ औं नम्बरमा समेटिएकी उनी हाल सुनिता फाउन्डेशनमार्फत समाजसेवामा सक्रिय छिन् । शक्ति समूह नामक संस्थाको संस्थापक अध्यक्ष समेत रहेकी दनुहार हाल सुनिता फाउन्डेशनको अध्यक्षको भूमिकामा छिन् ।
नेपालको मानव बेचविखनको अवस्था, नीतिगत एवम कानुनी जटिलता साथै व्यवहारिक समस्याहरुबारे नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।
पछिल्लो समय के काममा व्यस्त हुनुहुन्छ ? सुनिता फाउन्डेसनले के गरिरहेको छ ?
अहिले सुनिता फाउन्डेसनले मानव बेचबिखनमा परेर फर्किएका महिलाहरुको अधिकारको लागि ‘आर्थिक पुनर्मिलन’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अलिक फरक तरिकाले काम गरिरहेका छौं । बेचबिखनमा परेकाहरुलाई नगद पैसा दिँदा परिवारबाट सहयोग नपाउने भएका कारण उहाँहरु आफैं व्यवसाय गर्न चाहनुहुन्छ । त्यस्तो कामका लागि पहिचान गर्ने र त्यही अनुसारको तालिम दिएर कुखुरा, बाख्रा, बंगुर पालन, किराना पसल, खाजा घर सञ्चालन जस्ता आयमूलक काममा सहयोग गरिरहेका छौं ।













