आफ्नै श्रीमतीले जेलमा पुर्याइन् कांग्रेस सांसद केसीलाई
वि.सं.२०८१ भदौ २३ आइतवार ११:५२
1.17K
shares
shares

नेपाली कांग्रेसबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी ‘डीबी’ आफ्नै श्रीमतीका कारण जेल चलान भएका छन् ।
लामो समयदेखि फरार सूचीका उनी आइतबार जिल्ला अदालत रुकुमपूर्वमा उपस्थित भएका थिए । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ ।
सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला लामो समयदेखि कार्यान्वयन भएको थिएन ।
केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्धविच्छेदको नक्कली कागज बनाएको आरोपसहित मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १ (१) बाट लुम्बिनी प्रदेश सभामा पुगेका थिए ।













