नीति नियम र कानुनहरुलाई समयसापेक्षित बनाउन आवश्यक : मन्त्री पाण्डे
वि.सं.२०८१ भदौ २३ आइतवार १३:२०
1.83K
shares
shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा विगतको अध्ययन,अनुसन्धान र जाँचबुझभन्दा सत्यतथ्यको नजिक पुग्ने गरी अनुसन्धान गरिरहेको बताएका छन् ।
आइतबार भक्तपुरमा आयोजित सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरुको ४५ औं दिनको श्रद्धाञ्जली सभा’ एवंम् नेपालमा हवाई सुरक्षा’ बहस कार्यक्रममा उनले दुर्घटना सम्बन्धि प्रारिम्भक प्रतिवेदन मन्त्रालयले प्राप्त गरिसकेको जानकारी गराउँदै निष्कर्षमा पुगेर कार्यान्वयन गर्ने दिशामा मन बचन र कर्मले प्रतिवद्धताकासाथ अगाडि बढेको बताएका हुन् ।













