विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेपछि
वि.सं.२०८१ भदौ २४ सोमवार १२:३९
1.69K
shares
shares

जावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेको छ ।
फोनिक्स स्कुलका विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको हाइस गाडी गुड्दा गुड्दै बिजुलीको पोल ढलेको हो ।
दुर्घटनाबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । उक्त माइक्रोबसमा १८ जना विद्यार्थी सवार थिए ।













