गोरु काट्दै गरेको अवस्था खातुन पक्राउ

1.73K
shares

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा गोरु काट्दै गरेको अवस्थामा भेटिएका ४ जना प्रहरीलाई छलेर फरार भएका छन्।

मुस्लिम टोलकी ३१ वर्षीया ताजकेरा खातुनको घरभित्र गोरु काट्दै गर्दा सोमबार बिहान प्रहरीले फेला पारेको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बिहान ११:३० बजेतिर प्रहरी पुग्दा घरभित्र धमाधम गोरु काट्ने काम भइरहेको थियो।

घरधनी खानुतलाई भने गोरुको मासुसहित पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको डीएसपी बस्नेतले बताए। ‘गोरु काटेर मासु बाँडफाँट गर्ने योजना रहेको पाइयो,’ उनले भने, ‘थप कुरा अनुसन्धानपछि मात्रै खुल्छ।’ उनका अनुसार पक्राउ परेकी खातुनकै घरमा पालेको गोरु काटेको यकिन भएको छ।

मुलुकी अपराध संहिता, २०७४ ले गाई गोरु मारेमा ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ। संहिताको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख छ।