एसिड आक्रमण पीडितहरुको न्यायको लागि प्रतिवद्ध छौं : सभापति लामिछाने
वि.सं.२०८१ भदौ २५ मंगलवार ०७:१२
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एसिडको प्रहार भएर उपचार पाउने जटिलता अझै पनि कायम रहेको बताएका छन् ।
मंगलबार चौथो एसिड आक्रमढण विरुद्धको अभियान दिवसका रुपमा केही पीडित र सरोकारवाला निकायसँग छलफल गर्दै सभापति लामिछानेले कानूनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित बिन्दबासिनी कंसाकारलाई सांसद बनाएको बताएका हुन् ।
उनले भने, ‘संसारका संसदहरुमा के छ थाहा छैन, तर संसारकै पहिलो दुर्लभ प्रतिनिधिसभाको सांसदको रुपमा रास्वपाको प्रतिनिधित्व गर्दै बिन्दबासिनी कंसाकार आउनु भएको छ । यो सामान्य कुरा मात्र होइन, एसिडको जलन वा पीडा अन्त्य गर्नका निम्ती कानूनी रुपमा उपचारको जटिलता अझै कायम नै छन् ।
तर कानूनी उपचारको सुनिश्चितता गर्न एक एसिड आक्रमणबाट पीडित स्वयम कानून बनाउने ठाउँमा पुगिसक्दा पनि जलन विधेयकलाई अगाडि बढाएर न्याय दिने काम गर्न सकेका छैनौं । यो धिक्कार हुन्छ हामी सबैको लागि ।’
साथै उनले देशले नै गर्व गर्ने ठाउँमा पुग्नका लगि धेरै काम गर्नुपर्ने बताए । उनले एसिड पीडितहरुलाई न्याय दिनको लागि नै जलन विधेयक दर्ता गरेको समेत बताए ।





