श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
वि.सं.२०८१ भदौ २५ मंगलवार ०८:२९
1.16K
shares
shares

खोटाङ दिप्रुङ्चुङ्गा गाउँपालिका–७ घर भएर नखुडोलमा बस्दै आएकी शशिकला गत भदौ १२ गते राति १० बजे ओछ्यानमै मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरी वृत्त सातदोबाटोले विस्तृत अनुसन्धान गर्दा उनको हत्या भक्तराजले गरेको पाएपछि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
भक्तराजविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको सुवेदीले बताए ।













