हिमालयन आर्ट फेस्टिभलमा वरिष्ठ कलाकारहरु

1.61K
shares

हिमालयन आर्ट फेस्टिभल नामक बृहत् कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा आजदेखि सुरु भएको छ । प्रदर्शनी २९ गतेसम्म चल्नेछ ।

ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर हरेक वर्ष दशैँको अवसर पारेर प्रदर्शनी आयोजना गर्दै आइरहेको छ । ई–आर्टस नेपालका सह—संस्थापक आशा डङ्गोलले नेपाली कलाकारहरूको समकालीन अवस्था र प्रोत्साहनका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजना गर्दै आइरहेको बताइन् ।

करिब १५० भन्दा बढी कलाकारहरूले आफ्नो कला प्रदर्शनीमा राखेका छन् ।

नेपाली वरिष्ठ कलाकारहरुदेखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिएको छ ।

कलाकारहरू कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन, प्रमिला बज्राचार्य, बिनोद प्रधान, जुपिटर प्रधान, विधाता के।सी, सागर मानन्धर, सरिता डंगोल आदिदेखि हालका युवा कलाकारहरू इशान परियार, सविता डंगोल, सुजन डंगोल लगायत करिब १५० जना कलाकारहरुको कलाकृति एउटै थलोमा हेर्न सकिनेछ