राम कुमार नेपालीले हल्लाए भारतको कुल्लु, हजारौँलाई यसरी नचाए
वि.सं.२०८१ भदौ २५ मंगलवार १३:३८
shares

नेपालका चर्चित भर्सटायल गायक राम कुमार नेपालीले भारतको कुल्लुमा हजारौँ दर्शकहरुलाई नचाएका छन् ।
प्रवासी साझा मञ्च हिमाञ्चल प्रदेशद्वारा आयोजित नेपाली महिलाहरुको महान् चाड तीज विशेष कार्यक्रममा नेपालबाट गएका गायक राम कुमार नेपालीले हजारौँ दर्शकलाई नचाएका हुन् ।
हजारौ दर्शकको रोजाइमा परेका गायक राम कुमार नेपालीलाई कार्यक्रममा वान्स मोर को वर्षा आएपछि एउटै गीत पटक पटक गाएका थिए । यसै पनि राम कुमार नेपाली नेपालका व्यस्त गायक मध्यका एक हुन् । नेपालमा हुने विभिन्न मेला महोत्सवमा उनी व्यस्त रहेका हुन्छन् ।
तीज विशेष कार्यक्रम भारतको कुल्लुमा यही सेप्टेम्बर ६ मा भएको थियो । उक्त कार्यक्रममा नेपालबाट २० जना भन्दा माथि कलाकार सहभागी भएका थिए । कार्यक्रममा राम कुमार नेपाली, चन्द्र शर्मा, पिएन सापकोटा, आशा के सि, विजय पुन मगर, सुमन थापा मगर, सन्चिता बोलाखे, सिन्धुली कलाघर सहित दर्जनौ कलाकारले प्रस्तुति दिएका थिए । कार्यक्रमका सभापति सि पि शर्मा थिए ।












